बार्सिलोना र रियलका पूर्व प्रशिक्षकको निधन

चैत्र २५, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको आइतबार निधन भएको छ । 

सर्बियाका प्रशिक्षक एन्टिकको ७१ वर्षको उमेरमा मड्रिडमा निधन भएको हो । उनी लामो समयदेखि पेनक्रिएटाईटिस नामक रोगबाट ग्रसित थिए ।  

सन् १९९८ मा प्रशिक्षको भूमिकामा पहिले उनी रियल जरागोजामा रहेका थिए । प्रशिक्षक एन्टिकले एट्लेटिको मड्रिडलाई सन् १९९६ मा ला लिगा र कोपा डेल रे उपाधि दिलाएका थिए । 

त्यसअघि उनले १९९१ देखि ९२ सम्म रियल मड्रिडको टिम हेरेका थिए । यस्तै उनले सन् २००३ सम्म बार्सिलोनाको टिम हेरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =