धरानमा रोयल ईन्फिल्डको अत्याधुनिक सोरुम खुल्यो

“
धरान, असार ९ । रोयल ईन्फिल्ड मोटर साईकलको स्थानिय डिलर बिबेक अटो मोवाईल्स प्रालिले सुनसरीको धरान र ईटहरीमा एकसाथ नयाँ सोरुम स्थापना गरेको छ।
ईन्फिल्डको नेपालस्थित अधिकृत बिक्रेता रोयल मोटर्स प्रालिका धरानमा ३ हजार स्क्वायर फिटको रोयल ईन्फिल्ड मोटर साईकलको सोरुम धरान उपमहानगरपालिकाकी उप–मेयर मन्जु भण्डारी तथा ईन्फिल्डका प्रमुख मेघ राज पौडेलले शनिवार उदघाटन गरेका छन् ।
एकै थलोबाट सेल्स, सर्भिस र स्पेयर पार्टसका साथै सबै सुविधा दिने गरि सोरुम स्थापना गरेको कम्पनीले जनाएको छ। सोरुममा उत्कृष्ट कष्टुमर लाउन्ज तथा सर्भिसिङमा आएका चालकको लागि आराम गर्ने स्थान, स्पेयर पार्ट्स’ लगायतका सुविधा रहेको कम्पनीका म्यानेजिङ डाईरेक्टर रोहित पराजुलीले जानकारी दिएका छन्।
८ बर्ष अघिदेखी देशभरीमा नै निर्यात बजार १ नम्बरमा रहेको कम्पनीको दाबि रहेको छ । सोरुम सेन्टरमा, तालिम प्राप्त प्राविधक सुविधा दिने र प्रशस्त पार्किङको व्यवस्था रहेको कम्पनीले जनाएको छ।
प्रालिले राजधानी बाहिर बिराटनगर ,पोखरा, नारायणगढ, बुटवल, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता मुलुकका प्रमुख व्यापारीक स्थानमा डिलरसिप स्थापना गरिसकेको छ।
“








