विश्वकप फुटबल: ब्राजिलको पहिलो जित दर्ता, कोस्टारिका २–० गोल अन्तरले पराजित

काठमाडौं, असार ८ । विश्वकप फुटबल अन्तर्गत ब्राजिलले पहिलो जित दर्ता गरेको छ । समुह चरणको दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । बराबरीतर्फ धकेलिएको खेलको अतिरिक्त समयमा काउटिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।

तर खेलको अन्तिम समयमा नेयमारले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

समुह इमा २ खेलबाट ५ अंक जोड्दै ब्राजिल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोस्टारिका लगातार दुई खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =