विवेकशील साझामा संलग्न भए केशव दाहाल, बाबुरामलाई लाग्यो यस्तो झड्का !

काठमाडौं, असार ८ । नयाँ शक्ति पार्टी नेपालका उच्च नेतृत्वमा रहेका केशव दाहलले पार्टी परित्याग गरी विवेकशील साझा पार्टीमा संलग्न भएका छन् ।

दुई वर्षदेखि नयाँ शक्ति पार्टी नेपालको उच्च नेतृत्वमा रहेका केशव दाहाल उक्त पार्टी परित्याग गरि विवेकशील साझा पार्टीमा संलग्न भएका हुन् । दुई वर्षदेखिको उच्च नेतृत्व गुमाउनुपर्दा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई ठूलो झड्का लाग्ने सम्भावना छ ।

दाहलले “जति प्रयत्न गरे पनि नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको लक्ष्य हासिल हुनै नसक्ने” निश्कर्षमा पुगेपछि करिव १० दिनअघि उक्त पार्टीबाट राजीनामा दिएका थिए ।

दाहाल नेपालको प्रगतिशिल, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका विभिन्न राजनीतिक तथा सामाजिक मञ्चहरुमा करिब दुइ दशकदेखि सक्रीय छन्।

नेपालमा वैकल्पिक राजनीतिको अपरिहार्यता सम्बन्धि बहसको उठान हुनु निकै अगाडि नै दाहाल समेतको मुख्य नेतृत्वमा २०६३ सालमा ‘वैकल्पिक विचार मंच’को गठन गरिएको थियो। सो मञ्चले नेपालको राजनीतिभित्र र बाहिरका विशिष्ट व्यक्तित्वहरूलाई संलग्न गराएर वैकल्पिक राजनीतिको बारेमा चर्चा, छलफल, अन्तक्र्रिया र प्रकाशनहरु गर्दै आइरहेको थियो।

यसअघिको आफ्नो राजनीतिक यात्रामा साथ दिने सबैप्रति उनले आभार प्रकट गरेका छन्। विवेकशील साझाका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापाले दहालजस्तो वैकल्पिक राजनीतिको अगुवा, बुद्धिजीवी तथा नेता विवेकशील साझामा सहभागी हुँदा पार्टी तथा राष्ट्र निर्माणको अभियान अझ बलियो हुने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =