हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस सभापतिहरुको भेला आज सकिने

हेटाैंडा, असार ८ । नेपाली कांग्रसेका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शुक्रबार सकिने भएकाे छ । विहीबार नै सबै जिल्लाका सभापतिहरुले बोल्ने क्रम सकिएकाले शुक्रबार उनीहरुले उठाएका विषयहरुको केन्द्रीय पदाधिकारीहरुले जवाफ दिएर आज हेटौंडा घोषणापत्र जारी गर्दै भेला सकिने भएको हो ।

असार ५ गतेबाट सुरु भएको जिल्ला सभापतहिरुको भेला शुक्रबार दिउँसो १ बजेसम्म सक्ने तयारी गरिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

जिल्ला सभापतिहरुले दिएको सुझावलाई पहिले पारित गर्ने र केन्द्रीय स्तरका पदाधिकारीले सम्बोधन गरेपछि भेला सकिने उहाँले बताउनुभयो ।  जिल्ला सभापतिहरुको भेलाबाट कुनैपनि खालका निर्णयहरु नगरीकन सुझावलाई मनन मात्र गरिने उहाँको भनाई छ ।

जिल्ला सभापतहिरुले दुई कम्युनिष्ट एक हुनसक्ने, भारत र पाकिस्तान वार्ता हुनसक्ने तर केन्द्रीय नेतृत्व किन एक हुन नसक्ने भनेर प्रश्न गरेका थिए ।

भेलापछी कांग्रेसका विभिन्न गुट र उपगुटका नेताहरु एक भएको सन्देश दिने तयारी गरेपनि गुट अझै झांगिदै जाने संभावना छ ।

अहिलेको सभापतिहरुको भेलामा रामचन्द्र पौडेल पक्ष बलियो भएका कारण पनि पार्टी सभापति शेरबहादुर देउवालाई कुन निर्णय लगेर कमजोर बनाउन सकिन्छ भन्ने रणनितिमा जिल्ला सभापतिहरु लागिपरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =