सरकारसँग टाढिँदै फोरम, छाड्ला सरकार ?

काठमाडौं : गत जेठमा सरकारमा सहभागी भएको संघीय फोरमले पछिल्लो समय लगातार असन्तुष्टि जनाउन थालेको छ । प्रधानमन्त्री र सरकारका कामलाई लिएर उपप्रधानमन्त्रीसहित सहभागी फोरमको असन्तुष्टि ज्ञापनपत्रदेखि पत्रकार सम्मेलन हुँदै नेताहरूका सार्वजनिक अभिव्यक्तिमार्फत प्रकट हुन थालेका छन् । 

गत जेठको तेस्रो साता संविधान संशोधनको तीनबुँदे सहमतिमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैको हस्ताक्षरपछि सरकारमा सामेल फोरमले पछिल्लो समय निरन्तर असन्तुष्टि प्रकट गर्न थालेको छ । 

केही साताअघि उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री समेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नै नेतृत्वमा प्रधानमन्त्रीसँग भेटेर ज्ञापनपत्र बुझाए ।आजको अन्नपुुर्ण पोष्टमा खबर छ।  

null

प्रदेश २ मा आफ्नै नेतृत्वमा सरकार बनाएको फोरम नेपालले संघीय सरकारबाट प्रदेश सरकारलाई सहयोग नभएको आरोप लगाउँदै आएको छ । 

प्रतिनिधिसभा सदस्य समेत रहेका फोरम नेता प्रदीप यादवले सरकारमा सहभागी भए पनि सरकारका कामप्रति फोरम असन्तुष्ट नरहेको बताए । 

केही समयपूर्व फोरम अध्यक्ष तथा उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा समेत फोरमलाई दिइएको मन्त्रालयलाई नेकपा र प्रधानमन्त्रीबाट सहयोग नभएको भन्दै सरकारको समीक्षा गर्न माग गरेको थियो । 

‘प्रधानमन्त्रीज्यू बालुवाटारको एउटा निश्चित घेराभित्र फसिसकेको हाम्रो बुझाइ छ’, उनले भने, ‘उहाँले त्यो घेरा नतोडे डुब्नु हुन्छ ।’ सरकारमा सहभागी भएकाले यो कुरा पटक पटक विभिन्न माध्यमबाट सम्झाउन प्रयास गरे पनि सुधार नआएको उनको भनाइ छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =