लेवान्डोस्कीको दुई गोलमा बायर्नको संघर्षपुर्ण जित

फागुन १०, काठमाडौं । पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा संघर्षपुर्ण जित निकालेको छ । शुक्रबार राति लेवान्डोस्कीको निर्णायक गोलमा  बायर्नले पाडेरवर्नलाई ३-२ गोल अन्तरले हराएको हो ।   

एलियन्ज एरिनामा भएको खेलको २५औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता पदलाएका थिए । ४४औं मिनेटमा डेनिसले गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिएको थियो । 

लेवान्डोस्कीले ७० औ मिनेटमा बायर्नलाई पुन अग्रता दिलाए । त्यसको ५ मिनेटपछि पाहुना टोलीका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बराबरीतर्फ उन्मुख खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई जित दिलाए । 

जितसंगै शीर्ष स्थानको बार्यनले ४९ अंक जोडेको छ । तालिकाको पुछारमा रहेको पाडेरबोर्नको १६ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + four =