वाईसिएल नेपाल सुनसरीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

“
सुनसरी, असार ४ । वार्ई सि.एल. नेपाल सुनसरीले सोमबार सुनसरीको ईनरुवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वर्षातको समयमा आउन सक्ने प्राकृतिक विपत्तिबाट आइपर्ने दुर्घटना र त्यसबाट प्रभावितहरुलाई हुन सक्ने रगतको अभावलाई पुर्ति गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरेको वाई.सि.एल नेपालका जिल्ला अध्यक्ष भुवन याक्खाले बताए ।
कार्यक्रममा प्रमुख अतिथि तत्कालिन नेकपा माओवादिका पुर्व पोलिटब्यूरो सदस्य पप्पु मण्डल, विशेष अतिथि नेकपा का नेता नुलाम राई, वाई सि.एलका सुनसरी जिल्ला सह–ईञ्चार्ज हिमाल परियार लगायतको उपस्थिती रहेको थियो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा जम्मा ६३ पिन्ट रगत संकलन भएको अध्यक्ष याक्खाले जानकारी दिए ।
ईनरुवाको बसपार्क क्षेत्रमा भएको कार्यक्रममा जिल्लाभरका युवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
“








