धरानमा बाल नाटक प्रतियोगीताको तयारी तीव्र

“
धरान,असार ४ । वि.सं २०४६ सालमा सुरुवात भई लामो समय रोकिएको बाल नाटक बिद्यालाई पुनः जागरण गराउने उदेश्यले सुनसरीको धरानमा १५ मिनेटको विद्यालयस्तरीय प्रेक्षिका नामक बाल नाटक प्रतियोगीता हुने भएको छ ।
बालबालिकाको क्षमता र सिर्जनशिलताका लागि पहिलो पटक सुनसरीको धरानमा बाल नाटक प्रतियोगीताको तयारी गरिएको धरान प्रज्ञा प्रतिष्ठानद्धारा सोमबार सुनसरीको धरानमा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
प्रतियोगीता यहि असार ८ गते हुनेछ । नाटक प्रतियोगीताको हाल तयारी तीव्र पारिएको छ ।
बालमैत्री वातावरण बनाउन र बालबालिकाहरुको प्रतिभा प्रष्टफुटनमा सहयोग पुर्याउने उदेश्यले आरम्भ नाट्य डबलीको आयोजनामा बाल नाटक महोत्सब हुन लागेको कार्यक्रमका सम्योजक गोपाल देवानले जानकारी दिए ।
नाटकको माध्ययमबाट भोलिको सवल राष्ट्रका लागि समेत बाल नाटक प्रतियोगीताले बाल विकासका लागी कोशेढुङ्गा सावित हुने धरान प्रज्ञा प्रतिष्ठानका सम्योजक अम्बीका सम्वाहाम्फेले बताए ।
प्रतियोगीतामा बालबालिकाले आफुभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउन साथै विश्वमा विकसीत भएका नया प्रविधीको समेत ज्ञान लिन पाउने आयोजकको अपेक्षा छ ।
असार ८ गते धरान ८ स्थित सभागृहमा हुने प्रतियोगीताले बालमैत्री वातावरण सिर्जनाका लागि देश व्यापी सन्देश प्रवाह गर्ने आशा गरिएको छ । यसमा बिभिन्न स्थानीय निकायहरुले पनि चासो देखाएका छन् । महोत्सवले बालबालिकाहरु प्रतिको दायित्व बोध गराउन सवैको ध्यानाकर्षण गराउन सहयोग पुर्याउने धरान प्रज्ञा प्रतिष्ठानका सचिव हर्कजीत लिम्बु (चुम्बेले) बताए ।
प्रतियोगीतामा प्रथम हुनेलाई नगद २५ हजार,दोश्रो हुनेलाई २० हजार,तेश्रो हुनेलाई १५ हजार र चौथो हुनेलाई १० हजार रुपैया सहित प्रमाणपत्र समेत प्रदान गरिनेछ भने उत्कृष्ट निर्दैशकलाई समेत प्रमाणपत्र सहित नगद १० हजार पुरस्कार प्रदान गरिने आयोजक धरान प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
“








