चुच्चेपाटीको हिम इलेक्ट्रोनिकबाट ८३ वटा मोबाइल चार्ने दुई जना पक्राउ

“
काठमाडौँ, असार ४ । काठमाडौँको चुच्चेपाटिस्थित हिम इलेक्ट्रोनिकको सामसुङ मोबाइल शोरुममा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
काठमाडौं–७, चाबहिलस्थित चुच्चेपाटीमा रहेको गोल्छा अर्गनाइजेशनबाट सञ्चालित हिम इलेक्ट्रोनिकको सामसुङ मोबाइल शोरुममा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । महानगरीय प्रहरीले पर्साको विरगञ्ज–७ घर भइ हाल भारतको मितहारी रक्सौला बजार बस्दै आएका ३६ वर्षीय जितेन्द्र रौनियार र रामेछापको खाँडादेवी–१ घर भइ काठमाडौंको टोखा बस्दै आएका ३३ वर्षीय जयराम श्रेष्ठलाई पक्राउ गरेका हुन् ।
प्रहरीका अनुसार उनीहरुले शोरुमको सटर फोडेर सामसुङको विभिन्न ब्राण्डका मोबाइल ८३ वटा र नगदसहित २८ लाख १८ हजार ९ सय २० रुपैयाँ बराबरको चोरी गरेका थिए ।
उनीहरुलाई चोरी मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि महागनरीय प्रहरी वृत्त, गौशाला बुझाइएको प्रहरीले जनाएका छन् ।
“








