कार्तिक १ बाट मेयर कप फूटबल हुँदै

भाद्र १९, काठमाडौँ । प्रथम मेयर कप फूटबल प्रतियोगिता कार्तिक देखी सुरु हुने भएको छ ।   

बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्तिक १ गतेदेखी उक्त फूटबल प्रतियोगिता हसन्टार फूटबल मैदानमा सुरु लागिरहेको जानकारी गराईएको  हो ।   

युथ हसन्टार क्लबको आयोजनामा सपन्न हुन लागिएको यस फुटवल प्रतियोगिताको बारेमा आयोजक क्लवले कलन्की स्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएका हुन् ।   

नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत , वडाका वडा अध्यक्षहरु, क्लबका पदाधिकारीहरु, बिभिन्न सङ्संस्थाका प्रतिनिधिहरु, समाजसेवीबीच गरिएको पत्रकार सम्मेलनमा   नगरवासिहरुले समेत  सहभागी जनाएका थिए  ।   

कार्यक्रममा बोल्दै मयेर बस्नेतले नगरभित्र यस्तो प्रतियोगिता हुनु सम्पूर्ण नगरवासीका लागि खुशीको कुरा रहेको र यस प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन, खेलकुद प्रेमिमा हौसला प्रदान हुने बताउँदै  यस प्रतियोगिताका लागि आफूले सक्दो सहयोग गर्ने बताए । 

क्लवका अधक्ष्य विश्वकर लामाले नगरभित्र बसोबास गर्ने वासिन्दाहरुको एक आपसमा परिचय, मित्रता, आपसी सढ्भाब र हरेक वडामा फूटबलको महत्व तथा फुटबल खेलाडिलाई प्रोत्साहित र प्रोत्साहन यस प्रतियोगितले प्रदान गर्ने बिश्वास ब्यक्त गर्नुकाे साथै यस खेलमा खेल्न ईच्छुक नागार्जुन नगरपालिकाका खेलाडी, क्लब , संघ संस्थाले  अशोज १२ गते सम्ममा फाराम बुझाउन समेत आग्रह गरेका छन् ।   

उक्त पत्रकार सम्मेलनमा उपस्थित वडा अध्यक्षहरु साथै नगरवासीहरुले प्रतियोगितालाई कसरी अझैँ राम्रो बनाउन सकिन्छ भन्ने बिषयमा सल्लाह सुझाब प्रस्तुत गरेका थिए । 

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =