सिनामंगलमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

काठमाण्डौँ। सिनामंगलमा भ्यानको ठक्करबाट उदयपुरकी अनिमा कार्कीको ज्यान गएको छ ।  

बुधबार बिहान बा १९ च ९६ ४५ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएकी उदयपुरको कटारी नगरपालिका ८ घर भई काठमाण्डौको सिनामंगलमा बस्दै आएकी कार्कीको ज्यान गएको हो । 

१८ वर्षकी कार्कीको उपचारको क्रममा काठमाण्डौ मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =