डि.ए.भि. वातावरण क्लबद्वारा बज्रबाराहीमा सरसफाइ कार्यक्रम
२०७६ पुस १८ गते

पुस १८, काठमाडाैँ । डि.ए.भि. कलेजको बातावरण क्लबले पौष १६ गते बुधबार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरण क्लबका अध्यक्ष एवम् अङ्ग्रेजी विभागीय प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिएभिका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको थियो ।
सरसफाइ अभियान बिहान दस बजे सुरु भई दुई बजे सकिएको थियो । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

२०७६ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








