वीपी प्रतिष्ठानको मर्चरीमा ४ वटा शव कुहिए, अस्पताल बन्यो दुर्गन्धित

धरान,असार ३ । पूर्वको धरानमा अवस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा रहेका शव कुहिँदा अस्पताल निकै दुर्गन्धित बनेको छ ।

प्रतिष्ठानको शव गृहको मर्चरी मेसिन विग्रिदा शव गृह नै दुर्गन्धित भएको छ । प्रतिष्ठानमा यहाँ ८ वटा सम्म शव राख्न सकिने क्षमताको मर्चरी छ । तर दुईवटा मर्चरी मेसिन मध्ये एउटा मर्चरी मेसिन बिग्रिएको महिनौ भईसकेको छ । बिग्रिएको मेसिन नवन्दा अहिले शवहरु कुहिन थालेका छन् ।

मर्चरी मेसिन वाहिर राखिएका शवहरुमा किरा परेका छन् । यसले गर्दा अस्पताल आसपासको क्षेत्र समेत बसी नसक्नु भएको छ । कर्मचारीलाई काम गर्न निक्कै सास्ती भएको छ ।

पूर्वको सुविधा सम्पन्न ठुलो अस्पताल भनिए पनि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहको मेसिन बिग्रिए पछि अहिले प्रतिष्ठानमा उपचारका लागि आएका विरामीहरुको मृत्यू हुदा समेत शव राख्ने ठाउँ छैन । यस क्षेत्रका विभिन्न ठाउँमा घटना भई मृत्यू भएका शवहरु समेत प्रतिष्ठानको शव गृहमा पोष्टमार्टमको लागि प्रहरीले पठाउने गरेका छन् ।

मेसिन बिग्रिदा यसरी पठाएका शवहरु शव गृह भित्रै कुहिन थालेको छ । आठ वटा सम्म शव राख्ने क्षमता भएको शव राख्ने मेसिन बिग्रिएको महिना वितिसक्दा पनि सम्बन्धित निकायले कुनै पहल नगरेको त्यहाँ कार्यरत कर्मचारीहरुको भनाई छ ।

शव गृहको शव राख्ने मेसिन बिग्रिएको वारेमा सम्वन्धित निकायको ठुलो लापारबाही भएको र स्थानीय सरकारको पनि ध्यान केन्द्रित हुन नसकेको स्थानीय मोहन तिगेलाले बताए ।

प्रतिष्ठानको शव गृहमा ४ वटा बेवारिसे शव लथालिङग अवस्थामा भुईमै राखिएको अहिले पनि देख्न सकिन्छ । शवगृह आसपास हिडडुल गर्न समेत निकै कठिनाई भएको स्थानीयले गुनासो गरेका छन् । यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =