भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रमा बाह्रैमास सुरक्षा

पुस १६, काठमाडौं । सरकारले कालापानी क्षेत्रमा बाह्रैमास सुरक्षा पोस्ट राख्ने तयारी गरेको छ । गृह मन्त्रालयका अनुसार जाडो र गर्मी मौसम अनुकुल हुने गरी सुरक्षा पोस्ट निर्माण गर्ने प्रक्रियासमेत अघि बढेको छ। 

संसद्को संयुक्त संघीय राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मंगलबार गृहमन्त्री रामबहादुर थापाले भारतसँगको सिमानामा मौसम अनुकुल १ सय ५ वटा र चीनसँगको सिमानामा ७ वटा गरी ११२ वटा बोर्डर अब्जरवेशन पोस्ट राख्ने पक्रिया अघि बढाएको जानकारी दिए। 

‘दार्चुलामा पनि सुरक्षा पोस्ट स्थापना गर्ने काम अघि बढेको छ’, समिति बैठकमा मन्त्री थापाले भने, ‘कालापानीलगायतका क्षेत्रमा सबै सिजन अनुकुल हुने गरी सुरक्षा पोस्ट तयार पार्दैछौं।’ 

अहिले दार्चुलाको सीमा क्षेत्रमा सुरक्षा पोस्ट रहे पनि चिसो मौसममा सुरक्षाकर्मी बेंसी झर्ने गरेको समिति बैठकमा सांसदले जानकारी गराएका थिए।   

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा मंगलबार सांसदहरूले सुरक्षाकर्मीलाई जाडो अनुकुल क्याक्प नभएका कारण विवादित सीमाको अनुगमन हुन नसकेको औंल्याए। यो समाचार अन्नपूर्ण पोष्ट्ले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =