जुम्ला: सिंजा गाउँपालिकामा रंगशाला निर्माण शुरु
२०७४ जेठ १५ गते

“
जुम्ला, असार २ । जुम्लाको सिंजा गाउँपालिका २ विष्टवाडामा रंगशाला निर्माणकार्य शुरु भएको छ । सिंजा क्षेत्रका ३ वटा गाउँपालिकाका खेलाडिहरुको सजहताका लागि रंगशाला निर्माणकार्य शुरु गरिएको सिंजा गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष नविन शर्माले बताउनुभयो ।
सिंजा क्षेत्रका ३ वटा गाउँपालिकामा खेलकुद प्रतियोगिता र अन्य कार्यक्रमको लागि रगंशाला निर्माण गरिएको हो । १० बिघा जमिनमा निर्माण कार्य शुरु गरिएको रंगशालाको लागि गाउँपालिकाले २१ लाख ५० हजार रकम विनियोजन गरिसकेको छ । रंगशाला निर्माण गर्नका लागि रंगशाला उपभोक्ता समिति समेत गठन गरिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








