अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा

काठमाडौं, असार २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कर लगाउने घोषणा गर्नुभएको हो ।

वार्षिक व्यापारमा ३४ अर्ब डलर मूल्य बराबरको ८ सय भन्दा बढी उत्पादनमा असर पार्ने भनिएको यो निर्णय आगामी जुलाई ६ तारिखदेखि लागू हुने छ ।

ह्वाइट हाउसले उसले १६ अर्व डलर मूल्यका अन्य उत्पादनको सूची बारे टिप्पणी गर्ने र यदि चीनले बदला लिए थप कर लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपतिको यस्तो निर्णयसँगै चीनले त्यसको जवाफ स्वरुप प्रतिवाद गर्ने जनाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =