फिर्के खोला फुट ट्रयाक: मेयरले डोजर चलाउँदा सर्वसाधारणसहित पाँच घाइते

पोखरा, असार १ । पोखरा फिर्के खोलामा पैदल मार्ग उद्घाटन गर्ने क्रममा पोखरा लेखनाथ महानगर प्रमुख मानबहादुर जिसी डोजरभित्र पस्नासाथ बकेट घुमेपछि पाँच जना घाइते भएका छन् ।

एक्कासी डोजर चल्दा तस्बिर लिन पुगेका सञ्चारकर्मी र हेर्न गएका सर्वसाधारणसहित पाँच जना घाइते भएका हुन् ।

डोजर चलाउँदा पस्र्याङको पुलको रेलिङमा अडेस लगाई फोटो खिच्न लाग्दा रेलिङ भत्किएपछि दुई पत्रकारसहित ५ जना २० मिटर तल खोलामा रेलिङसहित खसेर घाइते भएका हुन् ।

पत्रकारद्वय रन्जन अधिकारी र सन्देश श्रेष्ठ सामान्य घाईते भएका छन् भने स्थानीय गौरी पौडेल पनि घाईते भएकी छन् । स्थानीयवासी पौडेलको भने मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ।

मानवीय अतिक्रमणमा परेको फिर्केखोला संरक्षण अभियान अन्तर्गत पहिलो चरणमा महानगरको ५ नम्बर वडामा पर्ने खोलाको किनारमा पैदलमार्गको शुक्रबार शुभारम्भ गरिएको थियो।

फिर्के खोलाको फुट ट्रयाक अन्तर्गत मापदण्ड दायाँ बायाँ ५–५ मिटर कायम गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको १ करोडको लागतमा फिर्के खोलाको पोखरा लेखनाथ महानगरपालिका ५ मा पर्ने सिद्धार्थचोक र पस्र्याङचोकको बीचमा रहेको फिर्के खोलाको किनारमा फुट ट्रयाक खोल्न लागिएको हो ।

फुट ट्रयाक निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख जिसीले महानगरपालिकाले भत्काउन मात्र नभइ बनाएर मात्र छाड्छ भन्ने सन्देश फिर्के फुट ट्रयाक निर्माणले दिने बताए ।

उनले भने,’महानपालिकाले भत्काउन मात्र जानेको छ भन्ने आरोप लाग्ने गरेको छ, तर महानगरपालिकाले भत्काउन मात्र हैन, बनाएर मात्र छाड्छ भन्ने प्रमाण फिर्के फुट ट्रयाक निर्माणले दिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =