“””राष्ट्रिय युवा अभियान”” को फेरियो नाम”

काठमाडौँ, असार १ । राष्ट्रिय युवा अभियानले आफ्नो पार्टीको नाम परिवर्तन गरेको छ । पार्टीको तेस्रो स्थापना दिवसमा आयोजित संघीय भेलाले नयाँ शक्ति पार्टी, नेपालको भातृ संगठन ‘राष्ट्रिय युवा अभियान’को नाम परिवर्तन गरेर युवा शक्ति नेपाल बनाएको हो ।

शुक्रबार संगठनको तर्फबाट पत्रकार सम्मेलन गर्दै स्थापना दिवसको अवसरमा रमेश पोखरेलको नेतृत्वमा कार्यसमिति पुनर्गठन गरिएको समेत जानकारी दिइएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा भीम पराजुली तथा महासचिवमा जीएस गुरुङ छन् । उपाध्यक्ष पराजुलीका अनुसार ७५ सदस्यीय कार्यसमिति मध्ये २० प्रतिशत मनोनित गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =