बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०७५ माघ २४ गते

माघ २४ चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित कुरिनटारमा गएराती बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिङ्गबाट काठमाडौँ जाँदै गरेको ग. ३. ख. ३२६९ नम्बरको बसले लु. ५. प. ६८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको चितवन प्रहरीका प्रबक्ता डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
null
२०७५ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित








