२० गते नेपाल ओलम्पिक कमिटीको निर्वाचन नगर्न सर्वोच्चको अन्तरीम आदेश

भदौ १८, काठमाडौँ । यही भदौ २० गते हुने भनिएको नेपाल ओलम्पिक कमिटीको निर्वाचन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । 

ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको कमिटीको चुनाव रोक्न सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले अन्तरीम आदेश दिएको हो । 

सर्वोच्चले जारी गरेको आदेशमा रिट निवदेनको गम्भिर्यता हेर्दा दुबै पक्ष राखेर छलफल गरी उचित, निश्कर्षमा पुग्न जरुरी भएको भन्दै भदौ २२ गतेका लागि पेशी तोकिएको छ । यसबीचमा ओलम्पिक कमिटीको निर्वाचन नगराउन अदालतले सबै विपक्षीका नाममा अन्तरीम आदेश जारी गरेका हो ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =