कैदीबन्दीलाई विश्वकप हेर्न ३२ इन्चको एलईडी टेलिभिजन

सिन्धुपाल्चोक,जेठ,३१ । रसियामा  हुन गईरहेको फिफा विश्वकप २०१८ ले नेपालमा कारागारमा रहेका कैदी बन्दीलाई पनि छोएको छ ।

सिन्धुपाल्चोक कारगारमा रहेका कैदी बन्दीलाई विश्वकपकै अवसरमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले टेलिभिजन सेट उपलब्ध गराएको छ ।

विहिबारबाट सुरु हुने विश्वकपलाई मध्यनजर गरेर ३२ इन्चको एलईडी टेलिभिजन प्रदान गरेको कारागार व्यवस्था विभाग चौताराका प्रमुख नवराज सेनले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्ग र निमित्त समन्वय अधिकारी युग बहादुर खड्काले एक कार्यक्रमकाबीच टेलिभिजन सेट प्रदान गरे ।

जिल्ला समन्वय समितिको स्टोरमा मौज्दात रहेको टेलिभिजन सेट कारगारलाई प्रदान गरिएको जिल्ला समन्वय समितिका प्रमुख तामाङ्गले जानकारी दिए।

हाल जिल्लामा १ सय जनाको क्षमता भएको कारगार भएपनि कैदी बन्दी भने ७६ जनामात्र रहेका कारगार प्रमुख नवराज सेनले जानकारी दिए ।

सुचनाको हक हरेक नागरिकको नैसर्गिक अधिकार भएको र सूचना नपाउनु भनेको मानव अधिकार हनन हुनु भएकाले कैदीबन्दीले सूचना पाउन् भन्ने उदेश्यले टेलिभिजन सेट प्रदान गरेको प्रमुख तामाङ्गले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =