निर शाहको अगाडि झुक्दा भूवनको प्रशंसा

मंसिर १२, काठमाडौँ । नायक तथा निर्देशक भूवन केसीले कालाकार निर शाहलाई झुकेर घुडा टेकेर गरेको सम्मानको एक तस्विरले केसीलाई निकै तारिफ बटुल्न सफल बनाएको छ । 

पछिल्लो समयमा नेपाली चलचित्रबाट सम्मानको भावना हराउँदै गएको गुनासो आईरहेको समयमा उनको त्यस शैलीलाई  चलचित्रकर्मी सबैले निकै प्रशंसा गरेका छन् ।   

केही दिन अघी  जापानमा आयोजित  ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’ मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएका कलाकार शाहलाई नायक तथा निर्देशक केसीले झुकेर भुँईमा घुडा टेकर सम्मान गरेका थिए ।  उनले गरेको सो कार्यले सबै चलचित्रकर्मीमा एक प्रकारको सन्देश प्रवाह गरेको थियो ।   

Image may contain: 4 people, people smiling, people standing

उनले घुडा टेकेर सम्मान गरेको  प्रशंसा गर्दै नायिका संचिता लुईटेले सामाजिक संजालमा आफ्नो आधिकारीरिक फेसबुक अकाउण्टबाट सोही तस्बिर सेयर गर्दै लेखेकी छिन् । ‘सुपर स्टार‘रेस्पेक्ट’  

त्यसैगरी अर्का चलचित्रकर्मी  अनुराग कुँवरले पनि आफ्नो आधिकारीरिक फेसबुक अकाउण्टबाट सोही तस्बिर सेयर गर्दै लेखेका छन् । ‘अंग्रेजीमा प्रखर हुनु मात्रै सुपरस्टारको पहिचान होइन । चाहे सय गल्ती किन नहोस्, यस्तो एक व्यवहारले माफीको हकदार हुन्छ । किनभने, जो कहलिएका थिए उहाँबाट आफ्नो अंग्रजलाई यस्तो आदर कहिले देखिएन । मेरो व्यक्तिगत वुझाई । जय नेपाली सिनेमा ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =