ज्ञान निकेतन बास्केटबल भोलिदेखि

माघ १३, काठमाडौं । ज्ञान निकेतन माविको आयोजनामा १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । 

प्रतियोगितामा प्लस टू ब्वाइज र स्कुल ब्वाइजतर्फ जम्मा २४ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी निर्देशक विश्वजित कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्लस टू ब्वाइजमा १६ तथा स्कुल ब्वाइजतर्फ ८ टिम सहभागी हुनेछन् । प्लस टु मा सहभागीलाई ४ समूह तथा स्कुलमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्लस टु समूहमा शीर्ष दुई स्थानमा रहने टिम क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । स्कुलतर्फ समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् । 

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी दिए । 

प्लस टु मा टाइम्स इन्टरनेसनल कलेज तथा स्कुलमा आयोजक ज्ञान निकेतन डिफेन्डिङ च्याम्पियन हुन् । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुने छ ।   

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको ज्ञान निकेतनका बास्केटबल प्रशिक्षक सुनिल लामाले जनाए  । 

ग्लोबलको विजयी सुरुआत 

डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुलले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । 

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा ग्लोबलले माउन्ट सेबलाई १–० गोलले पराजित ग¥यो । ग्लोबलका ऋतिक न्यौपानेले निर्णायक गोल गरे । 

प्रतियोगिताको एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र आयोजक संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) का अध्यक्ष आरबी कट्वालले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे ।  

  

उद्घाटनका अवसरमा सहभागी टिमले गरेको मार्च पास्टमा शीर्ष तीन स्थान हासिल गर्नेलाई ट्रफी प्रदान गरी पुरस्कृत गरिएको थियो । ग्लोबल पहिलो, वेस्ट ग्रुप भिजन दोश्रो र अन्नपूर्ण तेश्रो भए । 

प्रतियोगितामा २१ टिम सहभागी छन् । नक आउट प्रतियोगिताको फाइनल माघ २५ गते हुने छ । दोश्रो दिन मंगलबार ३ खेल हुने प्रतियोगिता संयोजक एवं फिजमका सचिव देवीप्रसाद डोटेलले जानकारी गराए । 

ग्रिनफिल्ड बीएनएको जित 

ग्रिनफिल्ड र बीएनएले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।  

ग्रिनफिल्डले फ्लोरोसेन्टलाई ३५–३० ले पराजित ग¥यो भने बीएनएले ग्रिनल्यान्डलाई ३१–३० को झीनो अन्तरले हरायो । 

त्यस्तै आयोजक एन्जल्स हर्टले दोहोरो जित निकाल्यो । एन्जल्स हर्ट ‘ए’ ले कान्तिपुर इङलिस एकेडेमीलाई ३०–२० तथा एन्जल्स हर्ट ‘बी’ ले काठमाडौं भ्यालीलाई २३–२० ले पाखा लगायो । अन्य प्रतिस्पर्धामा नेपाल मोडेलले नवजीवनलाई १८–१४, भ्याली पब्लिकले सेबलाई ३०–२४, नवोदितले हर्ट ल्यान्डलाई २४–२० र गोल्डेनपिकले ईबीएलाई २४–१२ ले पन्छायो । 

हिमरश्मी सेमिफाइनलमा  

हिमरश्मी पाँचौं ओप्स खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । हिमरश्मीसंगै मस्र्याङ्दी, चिल्डे«न हेराल्ड एकेडेमी (सीएचए) र प्रगति पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । 

हिमरश्मीले श्रृजना ज्ञान सागरलाई २–१ गोलले पराजित ग¥यो । हिमरश्मीका रोहन कुँवरले दुवै गोल गरे । श्रृजना ज्ञान सागरका सन्दिप तामाङले सान्त्वना गोल फर्काए । मस्र्याङ्दीले विभूतिलाई १–० गोलले हरायो । मर्स्याङ्दीका राजीव तामाङले निर्णायक गोल गरे । 

बाँकी दुई क्वाटरफाइनलको नतिजा पेनाल्टी सुटआउटबाट भयो । सीएचएले मनासलु तथा प्रगतिले सेक्रेड हर्टलाई समान ४–२ को नतिजामा पाखा लगाए । दुवै क्वाटरफाइनलको निर्धारित समयको खेल समान १–१ को बराबरीमा सकिएको थियो । सेमिफाइनलमा प्रगतिको भेट हिमरश्मीसँग हुनेछ । सीएचएले मर्स्याङ्दीविरुद्ध प्रतिस्पर्धा गर्ने छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =