गुण्डा नाइके ‘स्याल’ पनि प्रहरी नियन्त्रणमा

जेठ ३१, काठमाडौं । संगठित तस्करी गर्नेहरू, गुण्डा नाइकेहरूलार्इ धमाधम नियन्त्रणमा लिन थालेकाे नेपाल प्रहरीले अर्का गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई पनि पक्राउ गरेको छ।

जवरजस्ती करणीकाे अाराेपमा लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको हो।

अाफ्नै रेस्टुरेन्टमा कार्यरत एक युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको सूचना प्राप्त भएपछि दरबारमार्ग प्रहरी वृत्तले पक्राउ गरेको हो। दरबार मार्ग प्रहरी बृत्तका डिएसपी दानबहादुर मल्लले सञ्जिव लामा ‘स्याल’लाई नियन्त्रणमा लिर्इएकाे बताए ।

‘लामालार्इ जवरजस्ती करणीकाे अाराेपमा नियन्त्रणमा लिर्इएकाे हाे, अनुसन्धान भर्इरहेकाेले थप कुरा पछि गरूला ।’ उनले भने । प्रहरीले घटनास्थल मुचुल्का र युवतीको स्वास्थ्य जाँच लगायतका प्रक्रिया पुरा गरेको छ।

 

तरुण दल काभ्रेका अध्यक्ष समेत रहेका लामाले आफूलाई डन बताउँदै रेस्टुरेन्टमा कार्यरत युवतीलाई आफ्नो प्रेमिका बन्न दबाब दिएकाे उजुरीमा उल्लेख छ। नमानेपछि यातना दिने तथा दुर्व्यवहार गर्दै आएको प्रहरीकाे भनार्इ छ ।

पटक–पटक पक्राउ पर्दै छुट्दै आएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन् । नेपाली कांग्रेस निकट रहेका लामा पक्राउ परेपछि कांग्रेस र नेकपाका नेताहरुले उनलाई छुटाउन दवाब दिईरहेका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =