सन् २०२६ को विश्वकप आयोजना उत्तर अमेरिकी राष्ट्रको अगुवाईमा हुने

काठमाडौं, जेठ,३०। सन् २०२६ को विश्व कप फुटबल उत्तर अमेरिकी  तीन राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबि पेश गरेको थियो ।

फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =