साग अपडेटः पुरुष फुटबलमा माल्दिभ्स सहज जित निकाल्दै नेपाल फाइनल नजिक
मकालु खबर
२०७६ मंसिर २१ गते
२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल बिजयी भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ ले हराउँदै बिजयी भएको हो ।
आज दिउँसो भएको खेलमा नेपाल बिजयी भएसँगै फाइनल नजिक पुगेको छ । पहिलाे हाफमा दुवै टीम १-१ काे बराबरीमा थिए ।
खेलकाे दाेस्राे हाफकाे सुरूवाती चरण ५१ औँ मिनेटमा माल्दिभ्स बिरुद्ध नेपालको तर्फबाट अनन्त तामाङले गाेल गरेका थिए । त्यसपछि दुवै टीमबाट कुनै गाेल हुन सकेन ।
प्रतिष्पर्धामा नेपालले गाेल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयाेग गर्न सकेन । खेलमा माल्दिभ्सलाइ नेपालले दवावमा राखेकाे थियाे ।
मकालु खबर
२०७६ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित