गाई भैसी पालक किसान कृतिम गर्भधारण गर्ने तर्फ आर्कशित हुँदै

कैलाली । पछिल्लो समय कैलालीको घोडाघोडी नगरपालिकाका भित्रका गाई भैसी पालक किसानहरु कृतिम गर्भधारण गर्ने तर्फ आर्कशित भएका छन । कृतिम गर्भधारण गर्दा दुधको मात्र बढ्ने र पाढाहरु पनि राम्रो हुने भएपछि उनिहरु नस्ल सुधार तर्फ आर्काशित भएका हुन् । दुध र दुग्ध जन्य पदार्थहरुको मागलार्इ परिपुर्ति गर्नको लागि पशुहरुको नश्ल सुधार गर्नु आवश्कता छ । 

आफ्नो चाहना अनुरुपको नश्लका बाच्छा बाच्छी उत्पादन गर्न सकिन्छ । प्रजनन् सम्बन्धी रोगहरु जस्तै पाठेघर, गर्भाशय लगायतका रोगहरुको सँक्रमण हुन पाउदैन् र साँढे पाल्नैपर्ने बाध्यता कृषकलार्इ पर्दैन । यसबाट कृषकको समय तथा श्रमको बचत हुने गरेको छ । आफुले पालेको भैसीमा कृतिम गर्भधारण गरी सकेपछि पहिलेको तुलनामा भन्दा अहिले दुधको मात्र बृद्धि भएको सुखडका एक जना किसान नारायण आचार्य बताए । 

अझ कृतिम गर्भधारण गर्ने प्रकृयालाई प्रभावकारी रुपमा नगरपालिकाले बढाएको खण्डमा केही मात्रामा प्रभाकारी हुने नारायण आचार्य बताउनु हुन्छ । सुखडको पशु उपचार केन्द्रबाट यो वर्षको हाल सम्म २५० जना जति किसानले गाई भैसीमा कृतिम गर्भधारण सेवा लिएका छन । पछिल्लो समय घोडाघोडी नगरपालिका भित्र कृतिम गर्भधारण गर्नेहरुको संख्यामा बृद्धि भएको पाईएको छ । भौगोलिक विकटता भएको हाम्रो जस्तो मुलुकका विकट ठाउँमा समेत नश्ल सुधारिएका उन्नत बाछ्छाबाछ्छी उत्पादन गर्न सकिन्छ । 

null

कृतिम गर्भधारण बाट जन्मिएका सन्तानहरुले बढि दुध दिन्छन । कृतिम गर्भधारण गाई भैसीमा प्रयोग गर्न सकिन्छ । गाई भैसी करायोको बेला नजिककै पुश सेवा केन्द्र अथवा भेटनगरी मा भएर कृतिम गर्भधारण गराउन सकिन्छ । किसानहरुले पुश उपचार केन्द्र बाट सेवा लिएको घोडाघोडी नगरपालिका पुश साखाका प्राबिधिक छत्रा न्युरेको भनाई छ । 

पशु शाखामा कर्मचारी नहुँदा भने अनुसार काम गर्न केही कठिनाई भएको उहाँले बताउनु भयो । कृतिम गर्भधारण गरी सकेपछि गाईमा ७५ प्रतिशत र भैसीमा ३५ देखी ४० प्रतिशतको रुपमा सफल हुने गर्छ । उत्कृष्ट गुणहरु भएका साँढे र राँगोको विर्यबाट हजारौ गाइभैसीलाई गर्भाधान गराउन सकिन्छ । 

प्राकृतिक गर्भधानमा एक साँढेबाट ८ देखी ९ वर्षको समयमा बढीमा २,००० सन्तान उत्पादन गर्न सकीन्छ भने कृत्रिम गर्भधारणमा एउटा साँढेबाट ६०,००० सम्म विर्य उत्पादन गर्न सकिन्छ र उक्त विर्यबाट ३०,००० देखी ४०,००० सन्तान उत्पादन गर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =