च्याम्पियन्स लिग : एट्लेटिकोसँग लिभरपुलको हार
मकालु खबर
२०७६ फागुन ७ गते
फागुन ७, काठमाडौं । युइएफए च्याम्पियन्स लिगका अन्तिम १६ का खेलहरु शुरु भएका छन् । अन्तिम १६ का पहिलो लिगको खेलमा डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुलले पहिलो लेगमा हार बेहारेको छ ।
मंगलबार राति लिभरपुल घरेलु टोली स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको हो । एटलेटिकोको जितमा खेलको चौथो मिनेटमा साउल निगुएजले गोल गर्दै एटलेटिकोलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलमा त्यसपछि कुनै गोल भएन र साउलको गोल नै खेलको निर्णायक गोल बन्न पुगेको थियो ।
एटलेटिकोको घरेलु मैदान पहिलो लिगको सम्पन्न भएपछि अब लिगको दोस्रो लिग लिभरपुलको घरेलु मैदानमा मार्च ११ मा हुने छ । एटलेटिकोले यस अघि २००९-१० सिजनमा लिभरपुललाई युरोपा लिगबाट बाहिर पठाएको थियो भने अहिले च्याम्पियन्स लिगमा पनि सोहि इतिहास दोहोरिने बाटोमा रहेको छ ।
मकालु खबर
२०७६ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित