आज र भोलि तराईमा हावाहुरी चल्न सक्ने

काठमाडौं, २५ चैत्र । अहिले देशका पश्चिमी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तथापि बाँकी भूभागमा पनि अपरान्ह वा साँझपछि सामान्य बदली रहने जनाइएको छ । देशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । 

 

यसैगरी तराईका कतिपय भूभागमा आज र भोलि पनि हावा हुरीकोे सम्भावना रहेको जनाइएको छ । बुधबार भने देशैभरी मौसम सामान्यतया सफा रहने तर अपरान्हपछि बदली भएर हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका मध्य र पूर्वी भु–भागहरुमा सामान्य देखि पूर्ण बदलि र रहनेछ भने पश्चिमि भू–भागहरुमा सामान्य बदली रहनेछ । 

null

देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ । तराईका केहि स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ । हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =