पार्टीभित्रै खतरा हुन थाल्यो भन्दै कांग्रेस नेता पौडेल र सिटौलाले गरे मोर्चाबन्दी

काठमाडौं,जेठ २८ । नेपाली काङग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पार्टिभित्रै खतरा रहेको भन्दै सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरेका छन् ।

नेविसंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा नेता पौडेल र सिटौलाले सभापति देउवाले पार्टीमा अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको प्रतिकारका लागि मोर्चाबन्दी गरेको बताए ।

‘कम्युनिष्टहरुको सरकार बनेपछि मुलुक अधिनायकवादतर्फ गएको भनेर कांग्रेसले भनिरहेका बेला हाम्रो पार्टीमै पनि त्यस्तो खतरा देखिन थाल्यो, त्यसैले अब एकजुट हुनुको विकल्प छैन र काङ्ग्रेसलाई कुनैपनि किसिमको अधिनायकवाद शैह्य हुँदैन’ नेता पौडेलले भने,‘युवा विद्यार्थीहरुलाई अधिनायकवादको म डटेर सामना गर्न आग्रह गर्छु ।’

कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले सभापति देउवाले पार्टीभित्रै कमीकमजोरी भए भनेर नेताहरुले बोल्न खोज्दा समेत प्रतिवन्ध लगाउने गरेको आरोप लगाए।

‘पार्टीमा हामीले कमजोरी भयो भन्न पनि नपाउने रु काङ्ग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्छ, तर, त्यहाँभित्र भएका कमजोरी औंल्याउन पनि दिइँदैन, यो कस्तो लोकतान्त्रिक पद्धति हो’ नेता सिहंको देउवालाई प्रश्न थियो ।

अर्का नेता कृष्णप्रसाद सिटौलाले विगतका कमिकमजोरी सच्याउँदै मिलेर जान आफू तयार रहेको बताए । ‘काङग्रेस सामु ठूलठूला चुनौती छन् अब मिल्नुको विकल्प छैन’, सिटौलाले अब आफू पौडेलसँगै मिलेर जान तयार रहेको बताए ।

कार्यक्रममा नेता अर्जुननरसिंह केसीले एकताबद्ध भएर अघि बढेमात्रै काङ्ग्रेसले आफ्नो पहिचान जोगाउन सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *