सुन प्रकरणः गोरेसहित ३ जनालाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराई केन्द्रीय कारागार लगियो

“
काठमाडौँ, जेठ २८ । सनम हत्या तथा ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त ४ जनालाई काठमाडौँ ल्याइएको छ । उनीहरु तीनैजनालाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न काठमाडौं ल्याइएको हो ।
यसअघि उनीहरुलाई मोरङ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
आजै उनीहरुलाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराएर केन्द्रीय कारागार लगिएको बताइएको छ ।
पूर्पक्षका लागि जेल चलान भएकाहरु अभियुक्तमाथि अनुसन्धान गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरणमा उनीहरुमाथि अनुसन्धान हुन लागेको हो ।
सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने भएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।
जिल्ला अदालत मोरङले काठमाडौँ लैजान अनुमति दिएसँगै प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती (गोरे) सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा। डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार काठमाडौँ ल्याइएको हो ।
“








