नागरिक अगुवाहरूले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै सामूहिक गिरफ्तारी दिने

काठमाडौं। डा. केसीको माग पूरा गराउन नागरिक अगुवाहरूले सामूहिक गिरफ्तारी दिने भएका छन् । उनीहरूले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै सामूहिक गिरफ्तारी दिने कार्यक्रम तय गरेका हुन् । 

बिहीबार सोलिडारिटी फर डा. केसी अलाएन्सले गरेको कार्यक्रममा सहभागीहरूले केसीका माग पूरा गराउन सामूहिक गिरफ्तारी दिने निर्णय गरेको बताए । गिरफ्तारीका दिने कार्यक्रम शनिबार पनि हुने उनीहरूको भनाई छ । 

संविधानसभा भवनअगाडिको निषेधित क्षेत्र शान्तिपूर्ण रूपमा तोड्दै गिरफ्तारी दिने नागरिक अगुवा कृष्ण पहाडीले बताए ।नयाँ पत्रिका दैनिकमा खबर छ।   

null

नागरिक अगुवाहरूले १५औँ अनशनका क्रममा सरकारले गरेका सहमति पूरा गर्न आग्रह गरेका छन् । केही अगुवाले केसी मात्रै नभई अरू पनि अनशनमा उत्रिनुपर्ने बताए ।  

अधिवक्ता श्रीहरि अर्यालले विगतमा गरेका सहमति इमानदारिताका साथ पूरा गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीले चाहे ह्विप जारी गर्न सक्छन् । आफूले गरेको सहमति पूरा गर्न सक्दैनन् भने उनी प्रधानमन्त्री हुन सक्दैनन् ।’  

मानवअधिकारकर्मी कपिल श्रेष्ठले केसीका लागि सामूहिक गिरफ्तारी दिन आफूहरू तयार भएको बताए । उनले यस्तो अवस्था आउन नदिन पनि सरकारलाई आग्रह गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =