प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उपाधिका लागि आर्मी र एपीएफ भिड्ने
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २८ । प्रधानमन्त्री कप क्रिकेटमा उपाधिका लागि आर्मी र एपीएफ खेल्ने भएका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सोमबार विनोद भण्डारीको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लब र वसन्त रेग्मीको कप्तानीमा रहेको सशस्त्र प्रहरी क्लब एपिएफले कीर्तिपुर मैदानमा खेल्ने भएको हो ।
सेमिफाइनलमा आर्मीले प्रदेश नं ५ लाई १ सय ५४ रनले तथा एपीएफले नेपाल पुलिसलाई नौ रनले हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैया पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैया पुरस्कार पाउनेछन् । यसअघि समूह चरणमा आर्मीले एपीएफलाई पराजित गरेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








