एपिवान टेलिभिजनका पत्रकारलाई फेसबुकमा गाली गर्ने ढुङ्गाना पक्राउ
२०७४ जेठ १५ गते

“
धरान, जेठ २७ । सुनसरीका दुईजना पत्रकारलाई सामाजिक सञ्जालमा गाली गर्ने धादिङका दमन ढुङ्गानालाई इटहरी प्रहरीले आईतबार पक्राउ गरेको छ ।
बिद्रोही दमन धादिङे नामक फेसबुक आईडीबाट समाजिक सञ्जालमा ईटहरीका पत्रकारद्धय विराट अनुपम तथा मिलन बुढाथोकीलाई अपशब्द प्रयोग गरेकोमा ढुङगानालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
पत्रकार विराट अनुपम र एपिवान टेलिभिजनका पत्रकार मिलन बिछोडलाई अपशब्द प्रयोग गर्दै मानमर्दन गरि सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलहरुमा अफवाह फैलाएको उजुरी परेपछि ढुङगानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी शिबकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उजुरीका आधारमा अनुसन्धान गरिरहेको र प्रमाणित भए कारबाही हुने डिएसपी श्रेष्ठले जानकारी दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








