क्रिस्टियानो रोनाल्डोको एक हजारौ खेलमा युभेन्टसको जित
२०७६ फागुन ११ गते

फागुन ११, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा स्पाललाई हराएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले स्पालमाथि २-१ गोल अन्तरको जित हासिल गरेको हो ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र एरोन रामसीले एक एक गोल गरेका थिए । त्यस्तै स्पालका लागि एक गोल आन्द्रे पेटागनाले पेनाल्टीबाट गरेका थिए ।
यस खेलमा खेलेसँगै रोनाल्डोले आफ्नो क्यारियरको एक हजारौ खेल खेलेका छन् । क्लब क्यारियर र पोर्चुगलका लागि रोनाल्डोले एक हजार खेल पुरा गरेका छन् । साथै यस खेलमा गरेको गोल रोनाल्डोको क्यारियरको ७२५औ गोल हो ।

जितसंगै युभेन्ट्सले लिगमा चार अंकको स्पष्ट अग्रता कायम गरेको छ । शीर्ष स्थानको युभेन्ट्सको ६० अंक छ । तालिकाको पुछारमा रहेको स्पालको १५ अंक छ ।
२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








