मनाङ र मछिन्द्रका ६ खेलाडी निलम्वनमा

पुष २५, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले विवादमा उत्रले ६ खेलाडीलाई निलम्वन गरेको छ । शहिद स्मारक ए डिभिजन लिग अन्तरगत मनाङ र मछिन्द्रबीच भएको खेलमा खेलमा विवादमा उत्रेका  ६ खेलाडी निलम्वनमा परेका हुन् ।   

अखिल नेपाल फुटबल संघ एन्फाले खेल लगत्तै झै–झगडामा उत्रने ६ खेलाडीलाई लिगको खेलमा प्रतिबन्ध लगाएको हो । 

गत मंगलबार लिगमा मनाङ र मछिन्द्र मैदान उत्रिएका थिए । दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका थिए । खेल लगत्तै दुवै टिमका खेलाडी विवादमा उत्रदै मैदानमा झगडा गरेका थिए । खेलाडी हातपातमा उत्रिएपछि प्रहरी लगाएर मैदान खाली गराउनु परेको थियो ।   

Image result for मनाङ र मछिन्द्रका ६ खेलाडी निलम्वनमा

पछिल्लो समय अनुशासनको बिषयमा कडा निर्णय गर्दै आएको एन्फाले दुवै क्लबका ६ खेलाडी र एक अफिसियललाई लिग खेलमा प्रतिबन्ध सहित आर्थिक जरिवानाको निर्णय गरेको हो ।   

एन्फाले मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्ध सहित १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अशोक बराललाई ६ खेल सहित १० हजार जरिवाना गरिएको छ । मनाङकै रञ्जन विष्टलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।   

यस्तै, मछिन्द्रका दिपक राई, देबेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलको प्रतिबन्ध लगाइएको छ ।  मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार जरिवाना गरिएको छ । 

टिमको बेञ्चलाई अनुशासनमा राख्न नसकेकामा दुबै टिमलाई ५० हजार जरिवाना समेत तोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =