केन्यामा विमान दुर्घटना १० जनाको मृत्यु
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २५ । केन्याको मध्यक्षेत्रमा हराएको एउटा सानो विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इस्ट अफ्रिकन सफारी एयर एक्सप्रेसको विमान हराएको दुई दिनपछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
विमानमा सवार सबै १० जनाको मृत्यु भएको सरकारले जनाएको छ ।
मध्याह्न पश्चिमी सहर कितालेबाट राजधानी नैरोबीका लागि उडेको विमान ८० मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








