गृहमन्त्रीलाई सांसदको प्रश्नः निर्मलाका हत्यारा सिंहदरबारकै कुर्सीमा त छैनन् ?

 

माघ २३, काठमाडौँ । प्रतिनिधिसभामा आज मन्त्रीहरुसँग सवाल–जवाफ कार्यक्रम चलिरहेको छ । 

संसदमा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग सवाल –जवाफ गरिरहेका छन् । 

null

सुरुमा सांसद देवेन्द्रराज कँडेलले २०७५ साल साउन २१ गते काँडाघारी बस्ने चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको अपहरण भएपछि पाइलट बाबा आश्रम नजिकको जंगलमा भएको इन्काउन्टरबारे प्रष्ट पार्न आग्रह गरेका थिए । 

प्रश्नकर्तालाई धन्यवाद दिन चाहन्छु भन्दै गृहमन्त्रीले भने, ‘सरकारका तर्फबाट तत्काल स्पष्टिकरण दिइसकेका छौँ। हामीले इन्काउन्टरबारे लिखित रुपमा संसद सचिवालयमा जवाफ पनि पठाइसकेका छौँ । प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएका हुन् ।’ 

त्यस्तै इन्काउन्टर सम्बन्धी खर्को प्रश्न बालकृष्ण खाँणले गरेका थिए । अपराधीहरुलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्नुपर्ने ठाउँमा इन्काउन्टरको आदेश कसले दिइरहेको छ ? 

जवाफमा गृहमन्त्रीले भने, ‘अपराधीको खोज गर्दै जाने क्रममा प्रहरीमाथि आक्रमण भयो भने स्वतः इन्काउन्टर हुन्छ। माथिबाट आदेश दिइरहनु पर्दैन ।’ 

संसदमा डिला संग्रौलाले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको विषय उठान गरेकी थिइन् । सांसद संग्रौलाले सोधिन्, ‘बलात्कारपछि हत्या भएको ६ महिना भइसक्यो । बलात्कारको घटनामो प्रमाण भनेकै शरीर लुगा हो । अनुसन्धानका क्रममा किन सबै प्रमाण नष्ट गरियो ? कतै हत्यारा बालुवाटार र सिंहदरबारकै कुर्सीमा त छैनन् ?’ 

प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘९५ प्रतिशत बढी अपराधीलाई कानुनको कठघरामा ल्याउन सफल भएको छ । ४÷५ प्रतिशतलाई ल्याउन प्रयत्नशील छ । कुनै अपराधलाई प्रहरीले तुरुन्तै पत्ता लगाउन सकिँदैन । यो प्रकरणले पनि समय लिएको छ । अपराधी जहाँ भएपनि कानूनको कठघरामा आउने छन् ।’ 

यस्तै सांसद दिलेन्द्र प्रसाद बडूले न्याय माग गर्दै अनसन बस्नेहरुलाई धम्क्याउने, प्रलोभन देखाउने काम भएको छ, यसबारे के गृह मन्त्रालयको धारणा के छ ? भनेर प्रश्न गरेका थिए । 

जवाफमा गृहमन्त्रीले अनसनमा बसेका वा न्यायका निम्ति आन्दोलन गरिरहेकालाई धम्क्याएको सूचना नभएको स्पष्ट पारे। 

‘आन्दोलन गर्ने जनताको अधिकार हो । पीडितहरुले न्यायका निम्ति आवाज उठाउन सक्छन् । अनसनमा बसेकाहरुलाई धक्म्याउने काम भएको भए अनुन्धान गर्छौं’, गृहमन्त्रीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =