सर्लाही: लालबन्दी गोल्डकप फुटवल प्रतियोगिता आज देखि सुरू

“
काठमाडौं, जेठ २४ । प्रदेश नम्बर २ कै सर्वाधिक पुरस्कार राशिको फुटवल प्रतियोगिता सर्लाहीको लालबन्दीमा आज देखि सुरु हुने भएको छ । लालबन्दी नगरपालिका र जिल्ला फुटवल संघ सर्लाहीले संयुक्त रुपमा आज देखि लालबन्दी गोल्डकप फुटवल प्रतियोगिता २०७५ सुरु गर्ने भएको भएका हुन ।
लालबन्दी उद्योग वाणिज्य संघको विशेष सहयोग र लायन्स क्लव लालबन्दीको सह ओयोजना रहेको प्रतियोगिता आज दिउसो २ बजे लालबन्दी स्टेडियममा सुरु हुन लागेको हो ।
असार २ गते सम्म चल्ने प्रतियोगितामा सर्लाही ११ सहित राष्ट्रिय स्तरका ए डिभिजनका १० टिमको सहभागिता रहेको आयोजकले बताएको छ ।
प्रतियोगितामा मनाङ्ग मर्यांङ्गदी, संकटा, थ्री स्टार, शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, रुपन्देही ११, कास्की ११, झापा ११ र भारतको दार्जिलिङ्गको एक टिम सहभागि छ । प्रतियोगिताका विजेता टिमले नगद ७ लाख, शिल्ड तथा मेडल, उपविजेताले नगद ३ लाख ५० हजार, शिल्ड तथा मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५० हजार, उत्कृष्ट फरवार्ड, गोलकिपरलाई नगद १५÷१५ हजार, प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित हुने खेलाडीले नगद ५ हजार पुरस्कार हात पार्ने छन् ।
खेल अवधिभर ७५ हजार भन्दा वढी दर्शकले अवलोकन गर्ने खेल सम्पन्न गर्नका लागि ६८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजक एवं जिल्ला फुटवल संघका महासचिव उज्वाल कार्कीले जानकारी दिए । प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको महासचिव कार्कीले बताएका छन् ।
“








