केन्द्रीय अध्यक्षलाई पक्राउ गरिएको प्रति एम्बुलेन्स संघको आपत्ति

चितवन । संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलाई जिल्ला प्रशासन कार्यालय चितवनले विना कारण पक्राउ गरी नियन्त्रणमा लिएकोमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका केन्द्रीय महासचिव मुक्ति काफ्ले र चितवन शाखाका जिल्ला अध्यक्ष सुमन घलेद्धारा जारी विज्ञप्तीमा अनुगमनको नाममा एम्बुलेन्स चालकमाथि भएको अनावश्यक धरपकडको विरोध गरिएको छ । 

मंगलबार भरतपुर अस्पताल परिसरमा भएको अनुगमनमा जनस्वास्थ्य कार्यालयले विशुद्ध अनुगमन भन्दा पनि संस्थाको विरोधमा रहेका केही मानिसहरुको उक्साहटमा संस्थाको साख गिराउने गरी उक्त कार्य गरेकोमा आपत्ति जनाइएको हो । अनुगमन गर्ने नै भए प्रशासनको टोलीमा एक जना एम्बुलेन्स चालक पनि समावेश हुनुपर्ने आफूहरुको माग रहेको केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए । 

एम्बुलेन्सको अवस्था, सेवासुविधा हेर्न छाडेर चालकलाई अपमान हुने गरी अनुगमनको नाटक गरिएको भन्दै संघले आपत्ति जनाएको छ । अनुगमनका लागि प्रशासन योग्य रहेको तर शैली ठीक नभएको एम्बुलेन्स चालकहरुको भनाइ छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =