चटयाङबाट धरानमा ७ बिद्यार्थी घाईते(पूरा विवरणसहित) 

सुनसरी, जेठ २२ । मंगलबार एक्कासी आएको ठुलो हावाहुन्डरी र पानीसंगै परेको चट्याङ लागेर धरान उपमहानगरपालिका वडा नं. २० भालुढुंगा माविमा अध्ययनरत ७ जना विद्यार्थी घाइते भएका छन् ।

दिउसो २ बजे आएको हावाहुरी र बर्षादसंगै परेको चट्याङका कारण भालुढुगा माविमा कक्षा ६ मा अध्ययनरत ५ जना र कक्षा ८ र ९ मा अध्ययनरत्त एक÷एक जना बिद्यार्थी घाइते भएका हुन् ।

घाइते हुनेहरुमा धरान २० विष्णुपादु भालुढुगा माबि कक्षा ६ मा अध्यनरत १२ बर्षीय पूर्णिमा तामाङ, सोही कक्षमामा अध्ययनरत ११ बर्षकी दिपिका तामाङ,१२ बर्षकी मौसम राई,११ बर्षकी संगम राई र सागुरीगढी घर भएकी १२ बर्षकी प्रमिला पाण्डे सहित कक्षा ८ मा अध्ययनरत बर्ष १२ की दिपा राई र कक्षा नौ मा अध्ययनरत बराहक्षेत्र १ की १३ बर्षीया अस्मिता राई घाइते भएका छन् ।

घाईतेहरुमध्ये सबैजना बिद्यालयको झयाल छेउ बसेर पढदै गरेका बिद्यार्थीहरु रहेका छन । अचनाक परेको चटयाङबाट करिब १० मिनेट १३ बर्षिया अस्मिता राई बेहोस समेत भएको बिद्यालयका शिक्षक सुरेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

चटयाङ लागी घाईते भएका केही बिद्यार्थीलाई सामान्य चोटपटक लागेको छ भने केहीको हात तथा खुटटा नचलेको शिक्षक अधिकारीले जानकारी दिए ।

घाइते हुनेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =