नेकपाको संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट

काठमाडौँ, जेठ २२ । प्रदेश ७ मा नेकपाका संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको धनगढीमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतकमा तारा लामा तामाङ र सचेतकमा र सचेतकमा अक्कल रावल सर्वसम्मत चयन भएका हुन् ।

एमालेका तत्कालिन प्रदेश सयोजक भीम रावल, माओवादी केन्द्रका तत्कालिन प्रदेश इन्चार्ज लेखराज भट्ट, एमालेका सह–इन्चार्ज कर्णबहादुर थापा र माओवादी केन्द्रका प्रदेश संयोजक लक्ष्मीदत्त जोशी रहेको कार्यदलले प्रदेश कमिटी र जिल्ला कमिटीको पुनर्गठनको तयारीमा लागेको सह–इन्चार्ज थापाले जानकारी दिए ।

उनले छिट्टै जिल्ला कमिटीहरुको गठन गरिने समेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =