अनुदानको चामल विक्रीमा अनियमितता, ३७ सय पर्नेलाई १५ हजार !
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २२ । दुर्गम साईपाल गाउँपालिकामा खाद्य संस्थाले चामललगायत खाद्यन्न विक्री वितरणमा अनियमितता गरेको स्थानीयले गुनासो गरेका छन् ।
सरबारबाट ढुवानी अनुदान लिएर भित्र्याईएको खाद्यान्न संस्थाले काँडा वितरण केन्द्रले स्थानीय व्यापारीलाई बेचेको उनीहरुको आरोप छ ।
हाम्रो लागि भनेर ल्याएको सबै चामल चेनपुरमै व्यापारीलाई बेचेका रहेनछन् । चामल लिन धुलीबाट एक दिन हिँडेर काँडा वितरण केन्द्र पुगेकी केउडी बोहराले भनिन् चामलका लागि तीन दिनसम्म काँडामै बस्नुपर्यो ।
त्यस्तै खाद्य संस्थानले वितरण गरेको चामल तथा पिठो मुल्य पनि तोकेभन्दा बढी असुल गरिएको स्थानीयले आरोप लगाएका छन् ।
संस्थानले पिठोमा ५ केजी २१०, अरुवा मसिनो चामल २५ केजीको प्रतिबोरा १ हजार ६ सय, बंगलादेशी उसिना चामल ४० केजीको प्रतिवोरा १ हजार ५१० मुल्य तोकेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








