पानी पनि नदिर्इ सकियाे हरिनगरा गाउँपालिकाकाे साँढे तीन लाख

सुनसरी, जेठ २१ । महिलाहरूका लागि बुटिक कार्यक्रमका लागि छुट्याएकाे बजेटमा समेत भ्रष्टाचार भएकाे छ । सुनसरीको हरिनगर गाउँपालिकामा मानव अधिकार संरक्षण तथा महिला विकास केन्द्र नामक संस्थाले हरिनगर गाउँपालिका कार्यालयले महिलाहरुका लागि बुटिक कार्यक्रममा छुट्याएको ३ लाख ६० हजारको रकममा नितिगत भ्रष्टाचार गरेको पाइएको छ ।

हरिनगर गाउँपालिकामा सबै सरोकारवालाहरुले अनुगमन नगर्ने र माैन बस्दा संस्थाहरुले कार्यक्रमको नाममा नितिगत र व्यापक भष्टाचार गरिरहेको गाउँपालिका स्थानीयहरुले बताएका छन् ।

 संस्थाले महिलाहरुलाई बुटिक सिपमुलक सम्वन्धि कार्यक्रममा ५० जनालार्इ बोलाएर वृहत तरिकाले गर्ने भनेर गाउँपालिका कार्यालयसँग सम्झौता गरेपनि कार्यक्रम भने झारा टार्ने किसिमले गरेकाे छ ।

संस्थाले गाउँपालिका सँग गरेको सम्झौतामा सहभागीहरुलाई चिया, नास्ता, खाना, पानी, यातायात खर्च लगाएत समेत उपलब्ध गराउने भन्दै बजेट माग गरेपनि कार्यक्रममा केहि खर्च गरेपनि सहभागीहरुलाई कुनै किसिमको सेवा उपलब्ध नगराएकाे सहभागीहरुले गुनासो गरेका छन् ।

‘हामीलार्इ पानी समेत खान दिर्इएन, तालिममा अाएपछि खाजा नास्ता र पानी त दिनुपर्ने हाे ।’ एक सहभागीले बताए । ‘कार्यक्रम गर्ने भनेर पुरै प्रचार गरियाे, हलमा चैं तालाबन्दी गरेर राखियाे ।’ एक स्थानीय सहभागीले भनिन् ।

संस्थाले हरिनगरा ४ स्थित श्री हरिनगरा उच्च मा.वि. स्कुलको साँघुरो कक्षा कोठामा जेठ १५ गते मंगलबार देखि गरेको कार्यक्रममा ४२ जना मात्र बोलाएर कार्यक्रम गरेकाे कार्यक्रममा सहभागी भएकी हरिनगर गाउँपालिका ५ नम्वर वडा की ममता उराँवले बताइन ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीका अनुसार केहि दिन अगाडी आफुले कार्यक्रम संयोजक दिल महमद मियाँलाई र संस्थाका अध्यक्ष सीता ठाकुरलाई कार्यक्रम वृहतरूपमा प्रभावकारी हुने तवरले गर्नुपर्ने सल्लाह दिएपनि अाफुले दिएकाे सल्लाह समेत नसुनेकाे बताए ।

‘मैले कार्यक्रम प्रभावकारी हुनुपर्छ, त्यसका लागि धेरैभन्दा धेरै सहभागिता जुटाएर उनीहरूलार्इ प्राेत्साहन गर्ने किसिमले काम गर्नु भनेकाे थिए, यहाँले साँघुरो कोठामा गुपचुप ढंगबाट कागजमै सिमित हुँनेगरि कार्यक्रम गरिएछ, राज्यको लगानी वालुवामा पानी हाले सरह भयाे ।’ उनले भने ।
हरिनगर गाउँपालिकामा सञ्चालन भइरहेका अन्य कार्यक्रमहरुमा समेत नितिगत भ्रष्टाचार हुन सक्ने हुँदा अनुगमन गरेर निगरानी बढाउनुपर्ने अन्सारीको भनाइ छ ।

हरिनगर गाउँपालिकामा सञ्चालन भइरहेको सार्वजनिक सरोकारका अधिकांश कार्यक्रमहरुका बारेमा संचारकर्मीहरुलार्इ समेत पत्तो दिर्इन्न । त्यस्ता कार्यक्रमहरूमा गाउँपालिका कार्यालयका जनप्रतिनिधी, दलका नेता कार्यकर्ताकाे हालीमुहाली भएकाे छ ।

मानव अधिकार संरक्षण तथा महिला विकास केन्द्रले स्थानीय जनप्रतिनिधीलार्इ कमिसन दिएर तालिम, गाेष्टी गर्ने नाममा गाउँपालिकाकाे लाखाैं रकम कुम्ल्याउने गरेकाे स्थानीयकाे अाराेप छ । गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतकाे मिलेमताेमा यसरी भ्रष्टाचार हुने गरेकाे स्थानीयकाे भनार्इ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =