भरतपुर महानगरको पाँचवटा ठूला आयोजनाको शिलान्यास

 

माघ १७, चितवन । भरतपुर महानगरमा शहरी विकास मन्त्रालयबाट बन्न लागेको ५ वटा ठूला आयोजनाको आज शिलान्यास भएको छ । भरतपुरको केन्द्रीय बसपार्कमा पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको शिलान्यास गरेका थिए । 

शहरी विकास मन्त्रालयबाट बन्न लागेको ५ वटा ठूला आयोजनाहरुमा भरतपुर अस्पतालको कुरुवा घर, देवघाटधामको विद्युतिय शव दाह गृह, भरतपुर १९ को रानीपोखरी पार्क, भरतपुर ६ मा रहेको लक्ष्मीनारायण र ओमकार्यश्वर मन्दिर निर्माण रहेका छन् । 

null

५ वटा आयोजनाको अध्यक्ष प्रचण्डले शिलान्यास गरो हुन् । शिलान्यास कार्यक्रममा उनले आगामी ५ वर्ष भित्रमा विकासले फड्को मार्ने बताए । अध्यक्ष प्रचण्डले भने “चितवनमा बन्न लागेको क्रिकेट रंगशालाले यहाँको पर्यटन, विकासमा ठूलै छलागं ल्याउने छ । ५ वटा आयोजनाहरुले यो क्षेत्रको विकासमा ठूलै भूमिका खेल्ने उनको भनाइ थियो । उजले भने “ ५ वर्षमा यी बन्न लागेका आयोजनाहरुले समृद्ध नेपालमा थप बल पुग्नेछ ।” 

शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले भरतपुर र माडीलाई जोडेर एकीकृत पूर्वाधार विकास गर्न सकिने बताए । उनले भने “रत्ननगर र खैरहनीलाई जोडेर पनि एकीकृति विकास गर्ने लक्ष्य सरकारको छ ।” कार्यक्रममा समापन मन्तव्य महानगर प्रमुख रेनु दाहालले दिएकी थिईन् । उनले भरतपुरमा बन्ने गरी रंगशाला निर्माणको घोषणा हुनु गौरवको विषय भएको बताईन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =