सांसद थापाद्वारा अर्थमन्त्रीलाई रिपोर्ट कार्डको प्रतिक्षा गर्न आग्रह

काठमाडौ, जेठ २० । नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा चार मुख्य कमजोरी औल्याएका छन् ।

साथै थापाले पास हो कि फेल थाहा पाउन अर्को वर्ष आउने रिपोर्ट कार्ड पर्खिन अर्थमन्त्री युवराव खतिवडालाई आग्रह गरेका छन् ।

गैरकम्युनिष्ट अर्थशास्त्रीहरुले बजेटको स्वागत नगन सन्तोष मानेको पाइएको उनले सुनाए ।

उनले भने, ‘वाम घोषणा पत्र हावादारी थियो, कम्युनिष्ट सरकारले ल्याएको नीति बरालिएको थियो । यो बजेट पनि कतै उडन्ते कार्यक्रमको पोकाको रुपमा आउने त होइन भन्ने डर पालिरहेकाहरुलाई यो बजेट घोषणा भन्दा विल्कुल फरक, नीति तथा कार्यक्रमभन्दा सम्हालिएको र सुधारको संकेत गरेकाले सन्तोष मानेको पाइएको छ ।’

बजेटले आफूलाई निराश बनाएको भन्दै उनले बजेट चार मुख्य कुरामा चुकेको थापाले बताएका छन् ।

पहिलोः संविधान कार्यान्वयन संघीयताको कार्यान्वयनसँग जोडिएको भन्दै उनले भने, संघीयता कार्यन्वयनमा यो बजेटसँग अपेक्षा थियो विस्तृत दृष्टिकोणको, मार्गदर्शनको, रणनीतिको । तर, बजेट पूर्ण रुपमा चुकेको छ ।’ बजेटले वित्त व्यवस्थापनलाई आत्मसाथ गर्न नसकेको उनको आरोप छ ।

दोस्रोः समृद्धिको प्रयत्नमा स्पष्टताको अभाव । २०१५ र २०४८ मा जस्तै अहिले मार्गदर्शनको अपेक्षा गरोस् र बाषिर्क केही कार्यक्रमको किटानी होस् भन्ने अपेक्षा भएपनि बजेटले त्यसलाई पुरा गर्न नसकेको कांग्रेस सांसद थापाले बताए ।

लगानीको वातावरण पनि बनाउन नसकेको उनको दाबी छ । एक वर्षभित्र नेपाललाई लगानीको गन्तव्य बनाउन सकिने भएपनि ठोस कार्यक्रम नआएको उनले बताए ।

तेस्रोः निर्वाचन क्षेत्र पूर्वधार कोषलाई नयाँ शीर्षक दिएर ल्याउन आवश्यक नभएको उनको दाबी छ । तर, यो संघीयताको मर्म विपरित भएपनि अर्थमन्त्रीले हटाउन साहस गर्न नएकेको उनले बताए । सांसद थापाले भने, मन्त्रीसँग पनि साहस गर्नु भएन । मन्त्रालयले दिएको अनावश्यक कार्यक्रम काट्न सक्नु भएन ।’

चौथोः राजश्वको लक्ष्य ठूलो रहेको भन्दै सांसद थापाले कर बढाउनु स्वभाविक भएको बताए । अर्थमन्त्रीले करको दायरा बढाउनुको साटो दर बढाउने बाटो रोजेको उनको दाबी छ । विद्युतीय कारोबारको प्रयोग गरेर सकिने भन्दै उनले मेक्सिकोको सारी कार्यक्रमको उदारहण प्रस्तुत गरे । उनका अनुसार व्यवसाय दर्ता गर्न ३० दिन लाग्नेलाई मेक्सिकोमा त्यसलाई एक दिनमा झार्दा २६ प्रतिशत व्यवसायी दर्ता भएको थियो ।

बजेटलाई संगतिपूर्ण बनाउन पनि अर्थमन्त्री चुकेको भन्दै कांग्रेस सांसद थापाले भने, इतिहासले दिएको अनुकुल समय छ । उत्कृष्ट पार्टी सरकारमा छ । उत्कृष्ट व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ । नेपालको कम्युनिष्टहरुसँग भएको उत्कृष्ट व्यक्ति अर्थमन्त्री हुनुहुनछ । तपाईलाई हाम्रो पूर्ण सहयोग रहन्छ ।’

उनले भने,‘यति मात्र आग्रह गर्छु । अहिले तपाईले दाबी गर्न पाउनुहुन्छ । तर, एक वर्षपछि पास हो कि फेल भन्ने तपाई आफूले भन्ने होइन । यो पटक परीक्षा जनताले लिने हो । रिपोर्ट कार्ड हामीले पेश गर्ने हो । रिपोर्ट कार्डको प्रतिक्षा गर्नुहोला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =