टेम्पो भाडा बढेकोमा विद्यार्थीद्वारा विरोध

धरान, जेठ २० । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले टेम्पो व्यवसायीहरुले लगाएको सिण्डिकेट तथा हालै वृद्धि गरेको भाडाको विरोधमा धरान उप–महानगरपालिका तथा इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

नेवि संघ इन्जिनियरिङ क्याम्पस इकाइ कमिटिका सचिव पवन कार्कीले धरान उपमहानगरपालिकाका प्रशासकिय अधिकृत खगेन्द्र खतिवडालाई ज्ञापन पत्र बुझाउँदै तत्काल बढेको भाडा फिर्ता गर्न माग गरेका छन् ।

सो ज्ञापन पत्र इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेललाई समेत बुझाइएको छ । टेम्पो व्यवसायीले धरानको भाडा एक स्टेशनबाट अर्को स्टेशनसम्म जान २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ कायम गरेका छन् ।

विद्यार्थीले बुझाएको ज्ञापन पत्रमा इन्जिनियरिङ क्याम्पस अगाडी टेम्पो व्यवसायीले बसलाई रोक्न नदिइ सिण्डिकेट लगाएको भन्दै क्याम्पस अगाडी बस स्टेण्ड स्थापना गर्न माग समेत गरेका छन् ।

उता रोटरी क्लब अफ इटहरी र रोट्रयाक्ट क्लब अफ इटहरीले धनकुटाको पाख्रिबासमा करीब ८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ ।

क्लबले पाख्रिबासमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी औषधि वितरण गरेको हो । शिविरमा उपचारका लागि आएका सर्वसाधारणलाई पाँच लाख र स्थानीय स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ बराबरको औषधि वितरण गरिएको हो ।

शिविरमा एक हजार २७० बिरामीले स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक कृष्णराज श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखा, हाडजोर्नी, मुटु तथा गाइनोका बिरामी आएका थिए । दुई दिनसम्म चलेको सो शिविरमा नोबेल मेडिकल कलेज धनकुटा उद्योग बाणिज्य संघ, तथा पाख्रिवास नगरपालिकाले सहयोग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =