आयोजक न्युटन ‘बी’ लाई उपाधि

काठमाडौं । आयोजक न्युटन पब्लिक स्कुल ‘बी’ का मानबहादुर श्रेष्ठ  दिल सुनारको जोडी प्रथम न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । उनीहरु दुवै जना न्युटन स्कुलका पुर्व विद्यार्थी हुन् । 

१३औं दक्षिण एसियाली खेलकुद (साग) को बिच भलिबलको समेत जोडी रहेको मानबहादुर र दिल सुनारको जोडीले गण्डकी प्रदेशका सन्जुविक्रम शाह र होम पुनको जोडीलाई पराजित गर्दै च्याम्पियन बनेको हो । 

न्युटन पब्लिक स्कुलको कोर्टमा शनिबार भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा न्युटन ‘बी’ ले गण्डकी प्रदेशमाथि १८–२५, २५–१९, १९–२५, २१–२५ र १५–५ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।   

Two A Side Volleyball (2) winner.JPG

शनिबारै एपीएफका विजय थापा र राजकुमार निरौलाको जोडीले ढोरपाटनका मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २५–१९ र २५–२२ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । 

उपाधिसँगै न्युटन ‘बी’ ले ७० हजार ७ सय ७७ रुपैया हात पा¥यो । दोस्रो भएको गण्डकीले ४० हजार ४ सय ४४ रुपैयामा चित्त बुझायो ।   

तेस्रो भएको एपिएफले २० हजार २ सय २२ रुपैया प्राप्त ग¥यो । न्युटन ‘बी’ का दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ३ हजार ५ सय रुपैया हात पारे ।   

विजयी टोली तथा खेलाडीहरुलाई बाग्मती प्रदेश प्याब्सनका अध्यक्ष थकिन कुमार गुरुङ र विद्यालयका प्रिन्सिपल राम केसीले पुरस्कृत गरे । 

दुई दिने प्रतियोगितामा १६ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका आयोजक न्युटनका प्रिन्सिपल समेत रहेका नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीले जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =