यात्रुबाहक बस दुर्घटना: चालकसहित १३ जना घाइते

लहान । सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ बकधुवास्थित महुली पुलमा आइतबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा बस चालकसहित १३ जना घाइते भएका छन् । सप्तरीको पूर्व पश्चिम सडकको जिल्ला पूर्व पश्चिम सडकको बकधुवास्थित महुली पुलमा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ३१८९ नम्बरको यात्रुबाहक बस बिहान करिब पौने ६ बजेतिर पुलबाट नौ फिट तल खसेर दुर्घटना भएको हो । 

 

बसमा चालकसहित २४ जना रहेका मध्ये दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सबैभन्दा बढी झापाका नौ जना, पाँचथरका दुई, सुनसरीका एक र सिन्धुलीका बस चालकसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अन्य घाइतेको महुलीस्थित सिटीकेयर अस्पताल र धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =